नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँ पुगेको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी मंगलबार चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













