नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रूपैयाँ पुगेको छ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार चार हजार दुई सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






