आइतबार शेयरबजार परिसूचक नेप्से ऋणात्मक हुँदै २ हजार ६०० को बिन्दुबाट तल ओर्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १९.९२ अंकले घट्दै २ हजार ५९५.१० अंकमा झरेको हो ।
यो अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतको गिरावट हो । आज कुल ३४५ वटा कम्पनीका १ करोड १२ लाख कित्ता सेयर ७० हजार पटक खरिदबिक्री भएका छन् । जसबाट कुल ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।














