पश्चिमी वायुका कारणले नेपालको मौसम प्रणालीमा केही बदलाव देखिएको हो।
काठमाडौं उपत्यकाको आकाशमा शनिबार बिहान बादल लागेको थियो। तर मध्याह्नपछि आकाश कञ्चन हुँदै गयो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारणले कुनैकुनै प्रदेशमा शनिबार बिहानजस्तै आकाशको केही भाग बादलले ढाक्ने सम्भावना छ। तराई–मधेसका भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएका छ।
पश्चिमी वायु भित्रिएसँगै चिसो बढेको हो। आजको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहनेछ।












