आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

आइतबार चाँदीको मूल्य भने बढेको छ। चाँदी चार हजार एक सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













