साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेको छ।नेप्से ०.४० प्रतिशतले घटेर २६१५.०३ विन्दुमा पुगेको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन उक्त रकम बढेर ४ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।

यस दिन ३२९ वटा धितोपत्रको एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच भएको हो।
यसदिन ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस्तै दुई कम्पनी स्थिर छन्।













