सेयर बजार परिसूचक लगातार तेस्रो दिन बढेको छ । साताको चौथो दिन बुधबार परिसूचक ५.७० अङ्कले बढेको हो । योसँगै बजार परिसूचक २६२५.७० अङ्कमा पुगेको छ ।
आज बजारमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १४३ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा होटल, निर्जीवन बीमा र ट्रेडिङमा गिरावट आउँदा बाँकी समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा धेरै १.७५ प्रतिशत वृद्धि देखिएको छ ।






