बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

चाँदी बुधबार चार हजार ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।












