साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २,६१९ को विन्दुमा कायम भएको छ ।
आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडको शेयर कारोबार भएको छ ।

व्यापारबाहेक सबै समूहका सूचक बढेको छ । व्यापार ०.०१ प्रतिशत घटेको छ । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीव बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०. ८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशत बढेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।












