नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सूचक ६ अंकले बढेर २६ सयको बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन केही अंकले घटेर २६ बिन्दुबाट झरेको सूचक आज पुनः ६.७४ अंकले बढ्दै २ हजार ६०१.६१ अंकमा उक्लिएको हो ।
यस दिन ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँबराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आज श्वस्तिक लघुवित्त वित्तीय संस्था, एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य १०–१० प्रतिशतले बढ्दा हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ६.९५ प्रतिशतले घट्न पुगेको छ । १५५ कम्पनीको शेयरमूल्य बढ्दा आज ९४ कम्पनीको मूल्य घटेको छ ।













