मंगलबार शेयरबजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ४ अंकमाथिले सूचक घटेको बजारमा आज ०.५३ अंकले घट्दै २ हजार ६४४.७० बिन्दुमा झरेको हो ।
तथापि, आज ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बराबरको एक करोड ८ लाख १० कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।

१२५ कम्पनीको शेयर मूल्य बढ्दा आज ११९ कम्पनीको मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । नेप्से सूचक घटेपनि आज सागर डिस्टिलरीसहित ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।













