स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले बढेको छ। सोमबार तीन हजार पाँच सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार पाँच सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













