सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लाइफलाइन मानिने बलेफी–जलबिरे–तेम्बाथान सडक मोटर बाटोको झण्डै ४ किलोमिटर खण्डमा DBST पिच गर्ने काम सुरु भएको छ। तर सडकको आधार तह (बेस) कमजोर रहेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
पिचको तयारीका क्रममा ग्राभेल सम्याउने तथा बेस मजबुत बनाउने काम पर्याप्त नभएको स्थानीयको गुनासो छ। कमजोर बेसमै पिच गरिँदै हुँदा सडक केही समयमै फेरि खराब हुने आशंका स्थानीयले व्यक्त गरेका छन्।

स्थानिय शम्शेर क्षेत्रीका अनुसार, “बेस नै कमजोर छ। यस्तै अवस्थामा DBST गरे सडकले टिकाउ दिंदैन। सुरुमा बेस मजबुत बनाउनुपर्ने हो,” भन्दै उनले तत्काल कामको गुणस्तर जाँच गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
गुणस्तरसम्बन्धी गुनासो बढेपछि स्थानीयले अनुगमन बढाउन तथा पिच गुणस्तर सुनिश्चित गर्न ध्यान दिन सम्बद्ध निकायलाई आह्वान गरेका छन्।












