सोमबार सेयर बजार परिसूचक नेप्से ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा आइपुगेको छ।यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन चार अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको हो। बजार घट्दा पनि चार लगानी उपकरणमा सर्किट ब्रेक लागेको छ। सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्री नगर एग्रिटेकको सेयर मूल्य करिब १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
आइतबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये वित्त, विकास बैंक, हाइड्रो, उत्पादनमूलक र लघुवित्त समूहमा सुधार देखिएको छ।

सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रो कम्पनीको सेयर कारोबार भएको छ। कम्पनीको २७ करो८ १० लाख रूपैयाँको कारोबार भएको हो।













