काठमाडौं – एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर वितरण भइसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर खुला हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन कात्तिक १९ देखि खुली छिटोमा २३ गते बन्द हुने जनाइएको छ।
आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुनिश्चितता दर्शाउँछ।




