सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन, सिन्धुपाल्चोक शाखाका अध्यक्ष किशोर बुढाथोकीले आफ्नो पदबाट राजीनामा दिएका छन्। छैठौं अधिवेशनमार्फत अध्यक्षमा निर्वाचित भएका बुढाथोकीले व्यक्तिगत, पारिवारिक र राजनीतिक कारण देखाउँदै पद छाड्ने घोषणा गरेका हुन्।
बुढाथोकी करिब १६ वर्षदेखि नेपाल प्रेस युनियनसँग आवद्ध रहँदै आएका थिए र यस अवधिमा उनले विभिन्न जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गरेका थिए। राजीनामा घोषणा गर्दै उनले आफ्नो कार्यकालभर साथ दिने सहकर्मी, सदस्य र शुभेच्छुकप्रति आभार व्यक्त गरे भने विगतमा भएका सम्भावित कमजोरीबारे क्षमा मागे। साथै, उनले आगामी दिनमा पनि संगठनका गतिविधिहरूमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनको राजीनामापछि अहिले नेपाल प्रेस युनियन, सिन्धुपाल्चोक शाखामा अध्यक्ष पद खाली भएको छ।






