रबिन गहतराजको‘बैगुनीको डिभोर्स’ सार्बजनिक (भिडियो )

काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।

यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका गायक रविन गहतराज, शारदा रसाईलीको स्वर रहेको  नयाँ गीत रिलिज भएको छ। भर्खरै रिलिज ‘बैगुनीको डिभोर्स’ बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ।

‘बैगुनीको डिभोर्स’ बोलको म्युजिक भिडियो Milan Films Production युट्युब च्यानलबाट रिलिज भएको हो। गीतमा गायक रविन गहतराज, शारदा रसाईलीको मनछुने आवाज छ। गीतको शब्द मिलन श्रेष्ठले अनि संगीत स्वयं गायक गहतराजले  तयार पारेका हुन् । वियोगान्त प्याटर्नमा आधारित रहेको गितलाई  नारायण दंगालले एरेन्ज गरेका हुन भने म्युजिक प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको सुरुदेखि अन्तिमसम्मका शब्दहरूले प्रेम वियोगमा रहेका जोकोहीको मन छुने गर्छन् । यो गीत सुनिरहँदा प्रेम वियोगको पीडा सवैलाई बोध हुने गर्छत्यसो त, अडियो सुन्दा जति वियोगान्त लाग्छ, भिडियो हेर्दा झन् कारुणिक लाग्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ।

भिडियोमा आयोन राज, सुजन रिजाल, गीता केसी, मनोज गदाल र दिवश गदाल लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।  निर्देशक मिलन श्रेष्ठको कथा र निर्देशन भिडियोमा रहेको छ ।

आकर्षक फ्रेममा सन्तोष तिमल्सिनाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर