‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको पहिलो अडिसन सम्पन्न

इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन’ को दोश्रो संस्करण आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण गएको वर्ष सफलताका साथ सम्पन्न भएको थियो । ओपन स्पेस प्रालीको आयोजनामा हुने यो प्रतियोगिताको पहिलो अडिसन शनिवार सम्पन्न भएको छ । आयोजकले सुरुमा डिजिटल अडिसन गराएको थियो । अनलाइन फारम भर्ने ४५ महिलाबाट डिजिटल अडिसन गराएपछि फिजिकल अडिसनका लागि ४ जना छनौट भएको प्रतियोगिताकी निर्देशक सजिना श्रेष्ठले जानकारी गराईन् ।

श्रावणको महिना भएकोले महिला दिदीबहिनीहरू पारिवारिक माहौलमा रामाउने हुँदा सबैलाई टाढा टाढाबाट फिजिकल अडिसनका आउन असम्भव भएपछि डिजिटल अडिसनको शैली अपनाईएको आयोजक संस्थाका सञ्चालक सरोज श्रेष्ठले जानकारी गराए । इटहरीको संगितचोकमा अवस्थित फुडसाला क्याफेमा अडिसन आयोजना गरिएको थियो । अब उपयुक्त समय तय गरेर पुनः दोश्रो अडिसन आयोजना गर्दै तालीमहरुलाई अगाडि बढाइने आयोजकको तयारी रहेको छ ।

प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजकको भनाई छ । विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई ‘मिसेस पुर्बेली आईकन’ उपयुक्त माध्यम बन्न सक्छ ।

अडिसनमा सहभागी हुन २० वर्ष भन्दा माथी उमेर भएको र विवाहित महिला हुनुपर्ने छ भने कोशी प्रदेशका जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन सकिनेछ । उचाई र मोटाईको भने कुनै हद तोकिएको छैन् । अडिसन पश्चात् छनौटमा परेका प्रतिष्पर्धीहरुलाई विभिन्न प्रशिक्षण तथा सौन्दर्यता, ज्ञानवर्धक र र्याम्प वाल्कको तालिमहरु समेत प्रदान गरिनेछ । विजेताले १ लाख नगद सहित अन्य थुप्रै उपहारहरु पाउनेछन् । ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्राण्ड फिनाले असोजको पहिलो हप्ता इटहरीमै हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर