कविता राउत र सरला कार्कीको तीज गीत“थाहा छैन अब कैले भेट्न पाउने हो” सार्वजनिक

काठमाडौं – महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “थाहा छैन अब कैले भेट्न पाउने हो” भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ  । महिला दिदीबहिनीहरुलाई छमछमी नचाउने गीत गायिका कविता राउत र सरला कार्कीले आफ्नै जीवनमा घटेका विविध परिस्थितीहरुलाई समेटेर याे गीत सार्वजनिक गर्नु भएकाे हाे ।

गायिकाद्वयकै सुमधुर आवाजमा सजिएको गीतमा  कविता राउतको मन छुने शब्द सिर्जना र लय ,संगित साजन पराजुलीकाे रहेको छ।

कविता राउतको कोर्योग्राफर र म्युजिक भिडियो निर्देशनमा उस्मिता र आशिकाकाे धमाकेदार अभिनयमा रामकृष्ण पाण्डे (अमन एकल) को छायांकन र साजन पराजुलीकाे सम्पादनमा म्युजिक भिडियो सम्पन्न भएको छ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

उक्त गीतको भिडियो kabita raut नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो……

प्रतिक्रिया
सम्बन्धित खवर