सिन्धुपाल्चोक – असार २२ र २४ गतेको चट्याङले सदरमुकाम चौताराबाट सञ्चालित रेडियो सिन्धु १०५ मेगाहर्जका उपकरण जलेर नष्ट हुँदा प्रसारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
दुई पटकको चट्याङले टावर, ट्रान्समिटर, कम्प्युटर, टेलिफोन सेट, डबल लाइन टेलिफोन, हाइब्रिड लाइन, यूपीएसलगायत सबै उपकरण जलेर नष्ट भएका छन्। उपकरण जल्दा रेडियोको करीब २५ लाख रुपैयाँको क्षति भएको छ।

जिल्लाकै लोकप्रिय सञ्चारमाध्यम मानिएको रेडियो बन्द हुँदा सूचना, समाचार र मनोरञ्जनबाट श्रोता वञ्चित भएका छन्।
रेडियो पुनः सञ्चालनका लागि संघीय, प्रदेश, स्थानीय सरकार श्रोता तथा सरोकारवालालाई आर्थिक र प्राविधिक सहयोग गर्न अपिल गरेको छ।




