काठमाडौं – पंतन्जलि योग सिन्धुपाल्चोक का महिलाअध्यक्ष गायिका कविता राउत र पंतन्जलि योग बागमती प्रदेशका प्रमुख गुरु गायक ग्रुबेन तौजलेको आवाज, र कबिता राउत र ग्रुबेन को शब्दमा संगीतमा तयार पारिएको नयाँ सन्देशमूलक गीत “गरौं योग र ध्यान” सार्वजनिक भएको छ।
आत्मबल, संघर्ष र सकारात्मक सोचको भाव बोकेको यस गीतले “योग र ध्यान गरौं” भन्ने जीवनोपयोगी सन्देशलाई संगीतमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। गीतको संगीत संयोजन सुपिक्स मदनले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले सम्हालेका छन्। । एरिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको अडियो र भिडियो दुवै पक्षमा उत्तिकै मेहनत गरिएको देखिन्छ।

गीतको भिडियो पक्षलाई अझ आकर्षक बनाउन साजन पराजुली ले छायांकन गरेका छन्। आधुनिक प्रविधिमा आधारित सम्पादन, रङ संयोजन तथा ग्राफिक्स साजन पराजुली ले सम्हालेका छन्, जसले भिडियोलाई प्रविधिमैत्री र दृष्टिगोचर बनाएको छ। भिडियोमा योग, ध्यान तथा मानसिक शान्तिसँग सम्बन्धित दृश्यहरूलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ।
गीत Grouben Taujale र kabita Raut को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। धेरैले गीतले आत्मअनुशासन र मानसिक सन्तुलनको महत्त्व उजागर गरेको भन्दै प्रशंसा गरेका छन्।
सामाजिक सन्देश र जीवनदर्शनलाई संगीतमार्फत जनमानसमा पुर्याउने उद्देश्यले तयार गरिएको यो गीत संगीतप्रेमीहरूका लागि प्रेरणादायी बनेको छ। कलाकारद्वय र निर्माण टिमले आगामी दिनमा पनि यस्तै सन्देशमूलक सिर्जनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन्।
“गरौं योग र ध्यान” गीतले संगीतको माध्यमबाट मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने कार्यमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ
हेर्नुस भिडियो….




