काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने नेपाली संगीतप्रेमीहरूका लागि एक नयाँ सांगितिक कोसेली ‘मौरी रसैमा’ सार्वजनिक भएको छ।चर्चित गायक घमेश दुलाल र रचना रिमालको स्वर रहेको नयाँ गीत सार्वजनिक ‘मौरी रसैमा’ सार्वजनिक भएको हो ।

मन छुने शब्द, उत्कृष्ट संगीत, र आकर्षक भिडियोले यो गीत श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।गीतका रचनाकार अशोक कुमार सापकोटा, संगीतकार श्यामप्रसाद तिमल्सिना, तथा एरेन्ज नारायण दंगाल, मिक्सिङ र मास्टरिङ मनोज परियार ले गरेका छन्।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ ।अशोककुमार सापकोटाद्वारा निर्देशित यो भिडियोको छायांकन मुकेश हुमागाईं, सम्पादन तथा रङ संयोजन राजेन्द्र पुरी, माधव श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा गीता ढुंगाना र अविषेक खड्काको अभिनय रहेको छ।
आकर्षक दृश्य तथा कर्णप्रिय संगीतले भरिपूर्ण गीतले श्रोता-दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। भर्खरै मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।‘मौरी रसैमा’ गीत Shyam prasad Timalsina युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरू मा उपलब्ध छ।
हेर्नुस भिडियो….




