नेपाली लोकसंगीतको क्षेत्रमा नयाँ भावनात्मक सिर्जना “बिर्से पनि” सार्वजनिक गरिएको छ। मायालु मनका पीडा, विछोडका याद र विगतका मधुर पलहरूलाई गीतमार्फत उजागर गर्ने यो गीतले संगीतप्रेमीहरूको मन छुने निश्चित छ।
“बिर्से पनि” मा लोकसंगीतका अनुभवी तथा सशक्त स्वरधनी कलाकारहरू घमेश दुलाल, अमृत आचार्य ‘माइला गुरु’, सुफिक्स मदन, र रीता कुलुको स्वर समावेश गरिएको छ। गीतका शब्दहरू अशोककुमार सापकोटाले लेखेका हुन् भने संगीत र एरेन्ज सुफिक्स मदनले गरेका छन्।

गीतको निर्देशन चर्चित निर्देशक उमेश कार्की ‘UK’ले गरेका छन्। गीतको कथा र भावअनुसार निर्माण गरिएको भिडियोमा दिपेन्द्र सोनाम, रिया पन्त, उमेश कार्की ‘UK’, र उत्तम लामिछानेको दमदार अभिनय देख्न पाइन्छ, जसले गीतको मर्म झन प्रस्टसँग दर्शकसामु ल्याएको छ।
भिडियोको छायांकन मरुभूमि नारायणले गरेका छन् भने मेकअप आर्टिस्ट सम्झना र लाइट डिजाइनर कृष्ण महर्जनको योगदानले भिडियोमा दृश्यात्मक निखार ल्याएको छ। सम्पादन तथा रङ संयोजनमा रोशन धितालको कलात्मकता स्पष्ट रूपमा देख्न सकिन्छ।
“बिर्से पनि” एक यस्तो सांगीतिक सिर्जना हो, जसले सुन्ने मात्र होइन, हेर्दा पनि मनलाई छुन्छ। गीतमा समावेश गरिएको संगीत, शब्द, स्वर र दृश्यले सम्पूर्णरूपमा प्रेम, पीडा र सम्झनालाई जीवन्त बनाउने कार्य गरेको छ।




