काठमाडौं – गायिका तथा समाजसेवी कविता राउतको आवाज, शब्द र संगीतमा नयाँ सन्देशमूलक गीत “अब लागि परौं” सार्वजनिक भएको छ। आत्मबल, संघर्ष र सकारात्मक सोचको भाव बोकेको यस गीतले “स्वस्थ रहौं, योग गरौं” भन्ने जीवनोपयोगी सन्देश पनि साथमा बोकेको छ।
गीतको संगीत संयोजन सुपिक्स मदनले गरेका छन् भने मिक्सिङ र मास्टरिङको जिम्मा गोविन्द सोनीले सम्हालेका छन्। एरिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको निर्देशन गायिका राउत स्वयंले गरेकी हुन्, जसले उनी कलाकार मात्र नभई सक्षम प्रस्तुतकर्ता पनि भएको प्रमाणित गर्छ।

भिडियो पक्षमा पनि उत्तिकै मेहनत गरिएको छ। साजन पराजुलीको छायांकन, सम्पादन, GFX र IT सपोर्टले गीतको भिडियोलाई प्रविधिमैत्री र दर्शनीय बनाएको छ।
सामाजिक सन्देश र जीवनदर्शनलाई संगीतमार्फत व्यक्त गर्न खोजिएको यो गीत कविता राउतको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
“अब लागि परौं” केवल एक गीत होइन, आत्मविश्वास, स्वास्थ्य र सामाजिक चेतनाको आह्वान हो। नेपाली संगीतमा सार्थक सन्देश दिने गीतको रुपमा यसले सांगीतिक जगतमा फरक पहिचान बनाउने विश्वास गरिएको छ।




