काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा फेरि एकपटक मिठास भरिएको नयाँ गीत “माया मिठो अर्घाखाँचीको” सार्वजनिक भएको छ। बहुप्रतिभाशाली कलाकार लेखनाथ आचार्यको स्वर, शब्द र संगीतमा तयार भएको यस गीतले छोटो समयमै श्रोताको मन जित्न सफल भएको छ।
गीतमा अर्घाखाँचीको मायालु भेषभूषा, संस्कृति र प्राकृतिक सौन्दर्यलाई आत्मसात गर्दै प्रेमको गहिरो भावनालाई पोखिएको छ।
संगीत संयोजन लच्छु प्रकाश मल्लले गरेका छन् भने मिक्सिङको जिम्मा मनोज डोंगोलले लिएका छन्। गीत २१ स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियो पक्षमा पनि यो सिर्जना उत्कृष्ट देखिन्छ। निर्देशक लोकेन्द्र शाहको कुशल निर्देशनमा तयार भिडियोमा लेखनाथ आचार्य र मेनुका थापाको मोहक अभिनय देख्न पाइन्छ। छायांकन, सम्पादन र रङ संयोजन मनिष पन्थले गरेका छन् भने प्रविधिक अमृत भुषाल र शीर्षक सम्पादन कमला तिवारीले सम्हालेका छन्।
सर्जक आचार्यले यसअघि पनि दर्जनौं चर्चित गीतहरू श्रोतामाझ ल्याइसकेका छन्। यसपटक “माया मिठो अर्घाखांचीको” गीतले पनि दर्शक–श्रोताको मन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउँछन्।
श्रोतादर्शकहरूले गीतको सादगी, भावप्रवणता र प्रस्तुतिलाई निकै रुचाएका छन्। नेपाली संगीतमा मौलिकता र स्थानीयतालाई जगेर्ना गर्न यस्ता सिर्जनाले ठूलो योगदान पुर्याउने निश्चित छ।
गीतको भिडियोLekhnath Acharyaअफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..




