प्रधानमन्त्री ओलीलाई बालेनको जवाफ:सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम

काठमाडौं- गणतन्त्र दिवस मूल समारोह समितिको सिंहदरबारमा सम्पन्न बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अनुपस्थित रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यक्ष रूपमा कटाक्ष गरेका थिए। ओलीको टिप्पणीपछि मेयर शाहले पनि सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै शाहले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै भनेका छन्, “सरी केपी ओली, म भ्रष्ट सिस्टमलाई साथ दिन सक्दिन।” उनले थप लेखेका छन्, “जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशका सबै पार्टी मिलेर भ्रष्टाचारी जोगाउँछु भन्छ, त्यसको नाइकेको कार्यक्रममा म जानु पर्ने ?”

उक्त बैठकमा मेयर शाहको सट्टा उपमेयर सुनिता डंगोल सहभागी भएकी थिइन्। बैठकमा प्रधानमन्त्री ओलीले मेयरको नाम नलिइकन “यस्ता महत्त्वपूर्ण बैठकमा राजधानीको जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो होइन” भन्दै भविष्यमा उपस्थिति सुनिश्चित गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर