काठमाडौं – लोक तथा आधुनिक सांगीतिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका गायक प्रविण राईको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘पिरतिको फुलै फुल्यो’ सार्वजनिक भएको छ।
गीतमा शब्द र संगीत चर्चित सर्जक नकुल कार्कीको रहेको छ भने आकर्षक संगीत संयोजन दिनेश श्रेष्ठले गरेका छन्। अनामनगरस्थित प्रियासी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको अडियो तथा भिडियो YB Music Officialमार्फत प्रस्तुत गरिएको हो।

गीतको भिडियो पक्षमा पनि उत्तिकै मेहनत देखिएको छ। भिडियोको कथा तथा निर्देशन बबिता श्रेष्ठले गरेकी हुन्। गिता ढुंगाना र योगेन श्रेष्ठको मुख्य अभिनयमा आधारित भिडियोमा सरिता प्रजापतिले सहायक भूमिकामा सशक्त अभिनय गरेकी छन्।
छायांकनको जिम्मा उत्तम हुमागाईं र उनको टोलीले सम्हालेका छन् भने दृश्य सम्पादन राजेन्द्र पुरी र रंग संयोजन EBR Filmsले गरेका छन्। गीतको नृत्य संयोजन सुजल श्रेष्ठले कोरियोग्राफ गरेका हुन्। श्रृंगार संयोजनमा पनि सरिता प्रजापतिकै योगदान छ।
प्रेम, पीडा र आत्मीयताले भरिएको गीतले श्रोता–दर्शकको मन छुने विश्वास गरिएको छ। उत्कृष्ट संगीत, भावनात्मक शब्द, मनछुने स्वर र सशक्त भिडियो प्रस्तुतिसहित ‘पिरतिको फुलै फुल्यो’ नेपाली संगीतप्रेमीहरूका लागि नयाँ स्वाद हुनेमा टिम आशावादी छ।




