काठमाडौं – लोकसंगीतको क्षेत्रमा लगातार सिर्जनात्मकता प्रस्तुत गर्दै आएका चर्चित गायक तथा सर्जक लेखनाथ आचार्यले आफ्नो नयाँ लोकगीत “माया मिठो अर्घाखांचीको” सार्वजनिक गर्न लागेका छन्। गीतमा शब्द, संगीत र स्वर आचार्यकै रहेको छ, जसले गीतलाई आत्मीयता र मौलिकता दिएको छ।
गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने रेकर्डिङ कार्य काठमाडौंको अनामनगरस्थित 21 स्टुडियोमा सम्पन्न गरिएको हो।

गीतको भिडियो पक्ष झनै आकर्षक र भावनात्मक छ। नायिका मेनुका थापाको प्रभावशाली अभिनय, निर्देशक लोकेन्द्र शाहको उत्कृष्ट निर्देशन र छायाकार मनिष पन्थको कलात्मक सिनेमाटोग्राफीले भिडियोलाई एक उच्च स्तरमा पुर्याएको छ।
सर्जक आचार्यले यसअघि पनि दर्जनौं चर्चित गीतहरू श्रोतामाझ ल्याइसकेका छन्। यसपटक “माया मिठो अर्घाखांचीको” गीतले पनि दर्शक–श्रोताको मन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउँछन्।
उक्त गीत छिट्टै डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ। लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा समर्पित कलाकार लेखनाथ आचार्यको यस नयाँ प्रयासले नेपाली सांगीतिक क्षेत्रमा थप उचाइ ल्याउने विश्वास लिइएको छ।




