काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने नेपाली संगीतप्रेमीहरूका लागि एक नयाँ सांगितिक कोसेली ‘जाँदै छु टाढा’ सार्वजनिक भएको छ।चर्चित निर्देशक निर्मल भण्डारीको निर्देशनमा तयार भएको नयाँ गीत सार्वजनिक ‘जाँदै छु टाढा’ सार्वजनिक भएको हो ।

निर्मल भण्डारीकै प्रमुख फिचरिङमा तयार गरिएको भिडियोको सुटिङ्ग सिन्धुपाल्चोकको सुरम्य कोठे क्षेत्रमा र केही दृश्यहरू राजधानीमा गरिएको हो।यो गीतमा नित राज खतिवडाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द रचना राजिव दर्जीको रहेको छ। सङ्गीत संयोजन मनोज थापा मगरले गरेका छन्। भिडियोलाई जीवन्तता दिन निर्माता योगेन श्रेष्ठले कुनै कसर बाँकी राखेका छैनन्।
भिडियोको सम्पादन राजेन्द्र पुरीले गरेका हुन् भने भिडियोमा निर्मल भण्डारी, करिश्मा थापा, योगेन श्रेष्ठ, दिर्घ बहादुर भण्डारी र सेति माया भुजेलको उत्कृष्ट अभिनय देख्न सकिन्छ।सिन्धुपाल्चोकका प्राकृतिक सौन्दर्य र राजधानीको आधुनिक दृश्य संयोजनले गीतलाई दृश्यात्मक रूपमा समृद्ध बनाएको छ। विशेषगरी मोडल निर्मल भण्डारीको अभिनय र स्क्रिन प्रजेंसले गीतलाई थप आकर्षक बनाएको निर्माण पक्षको दाबी छ।
गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ‘जाँदै छु टाढा’ले श्रोतामाझ उत्कृष्ट चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
उक्त गीतको भिडियोYBmusicofficial च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……




