सिन्धुपाल्चोक — महिला पतञ्जली योग समिति सिन्धुपाल्चोककी अध्यक्ष कबिता राउतले योग र संगीतको समिश्रणमार्फत जनचेतना फैलाउने उद्देश्यसहित आफ्नो पहिलो गीत ‘झन् झन् रहर’ सार्वजनिक गरेकी छन्। गीतमा शब्द, संगीत र स्वर सबै कबिता राउतकै रहेको छ, जसले उनको बहुपक्षीय प्रतिभालाई उजागर गरेको छ।
गीतको संगीत संयोजन सफिक्स मदनले गरेका छन् भने मिक्सिङ र मास्टरिङ गोबिन्द सोनीले एरिका डिजिटल स्टुडियोमा गरेका हुन्। अडियो र भिडियो दुवै पक्षमा कबिता राउतकै प्रस्तुतिमा तयार भएको गीतले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यप्रति सन्देश दिन खोजिएको छ।

भिडियो पक्षमा साजन पराजुलीले छायांकन, सम्पादन, रङ संयोजन तथा ग्राफिक्सको जिम्मेवारी सम्हालेका छन्। भिडियोमा योग अभ्यासको दृश्यहरू प्रस्तुत गरिएको छ, जसले गीतलाई प्रभावशाली बनाएको छ।
सिन्धुपाल्चोक जिल्लालाई योगमय बनाउन निरन्तर क्रियाशील कबिता राउतले चौतारा, मेलम्ची, बाह्रबिसे, लामोसाघु, सागाचोक र सुनकोसी लगायत स्थानहरूमा योग केन्द्र स्थापना गरी नियमित अभ्यास गराउँदै आएकी छन्।
‘झन् झन् रहर’ मार्फत उनले योगलाई संगीतको माध्यमबाट आम जनतासम्म पुर्याउने प्रयास गरेकी हुन्। उनको यो सांगीतिक यात्रा जिल्ला सीमित नभई देशभर योगको चेतना फैलाउने उद्देश्यले अघि बढाइएको उल्लेख गरेकी छन्।
उनको यो पहलले योग र सांगीतिक सिर्जनाको समन्वयमार्फत समाजमा सकारात्मक सन्देश दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।हेर्नुस भिडियो….




