काठमाडौं – त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् ।कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिनेगायक मनिष श्रेष्ठ र गायिका प्रिया सेन्चुरीको स्वरमा सजिएको नयाँ गीत ‘काठमाडौंको हिरोनी’ सार्वजनिक भएको छ। सोमबार मनिष श्रेष्ठको युट्युब च्यानलमार्फत रिलिज गरिएको उक्त गीतमा शब्द, संगीत, निर्देशनदेखि अभिनयसम्म बहुपक्षीय भूमिका निभाएका छन् गायक स्वयं मनिष श्रेष्ठले।

गीतमा मनिष श्रेष्ठकै शब्द र संगीत रहेको छ भने संगीत उत्पादन बादल थापाले गरेका हुन्। मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले, रेकर्डिस्ट राज खड्काको सहयोगमा 1DB HD स्टुडियोमा तयार पारिएको गीतको अडियो पक्ष उत्कृष्ट बनेको छ।
भिडियोतर्फ निर्देशन र कोरियोग्राफी पनि मनिष श्रेष्ठकै रहेको छ। भिडियोमा मनिषसँगै सञ्जना गुरुङ र जुना कार्कीको अभिनय रहेको छ। छायांकन अमन बडुले गरेका छन् भने सम्पादन नवीन निरौलाले गरेका हुन्।
अन्य प्राविधिक पक्षमा रूपा मानन्धरको मेकअप, दीपेश एसके को–एडी, सुमन कटुवालको प्रोडक्सन व्यवस्थापन, तथा भ्यालेन्टिनो बुटिक र सुक्निता चौलागाईंको पोशाक डिजाइन रहेको छ। भिडियोलाई पुष्प टिम र गाउसालास्थित केयर इङ्लिश बोर्डिङ स्कूलको सहकार्यमा निर्माण गरिएको हो।
गीतले आधुनिक सहरको जीवनशैली र प्रेम कथालाई संगीत र दृश्यमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ। मनिष श्रेष्ठको सिर्जनात्मक बहुपक्षीयता झल्किने यो गीतले दर्शक-श्रोताको मन जित्ने विश्वास लिइएको छ।हेर्नुस भिडियो….




