काठमाडौं – त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् ।कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने लोकप्रिय गायक सुरेश बग्दास र गायिका शारदा रसाइलीको आवाजमा नयाँ गीत “कान्छा कान्छी” सार्वजनिक भएको छ। आकर्षक शब्द, संगीत र मनमोहक भिडियो सहित यो गीत श्रोतामाझ चर्चामा आएको छ।

गीतका रचनाकार अशोक कुमार सापकोटा, संगीतकार सुरेश बग्दास, तथा एरेन्जर नारायण दंगाल हुन्। यस गीतको ध्वनि सम्पादनमा गोपाल दयाल, मिश्रण तथा मास्टरिङमा कुमार सानु पुन संलग्न छन्। साथै, बाँसुरीमा गोपाल देव, मादलमा पोषण घर्ती मगर, र सारङ्गीमा धर्म गन्धर्व को उत्कृष्ट प्रस्तुति रहेको छ। गीतको ध्वनि म्युजिक प्लस स्टुडियो मा रेकर्ड गरिएको हो।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ ।भिडियोमा लोकप्रिय कलाकार राम कुमार खड्काडा, सुरेश बग्दास, सोनु तिमल्सिना, सदिक्षा पाण्डे, र शितल गिरी को अभिनय रहेको यस भिडियोको निर्देशन मिलन श्रेष्ठ ले गरेका छन्। छायांकन सन्तोष तिमल्सिना, सम्पादन तथा रङ संयोजन रोशन ढकाल, तथा मेकअप सीता क्षेत्री ले गरेका छन्। भिडियोको पोस्ट-प्रोडक्सन कार्य मिलन फिल्म्स प्रोडक्सन प्रालि द्वारा गरिएको छ।
आकर्षक दृश्य तथा कर्णप्रिय संगीतले भरिपूर्ण गीतले श्रोता-दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। भर्खरै मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।उक्त गीतको भिडियोSuresh Bagdash Officiaयुट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो….




