रेडियो सिन्धुद्वारा १७ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला कारागार चौतारामा रेडियो सेट वितरण

सिन्धुपाल्चोकको चौतारामा रहेको जिल्ला कारागारका कैदीबन्दीहरूलाई सामुदायिक रेडियो, रेडियो सिन्धुले रेडियो सेट वितरण गरेको छ। रेडियो स्थापना भएको १७ औँ वार्षिकोत्सवको अवसरमा सूचनाको पहुँच सुनिश्चित गर्न रेडियो सेटहरू प्रदान गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले रेडियो सेटहरू निमित्त जेलर सोभा कान्त तिवारीलाई हस्तान्तरण गरे। उक्त रेडियो सेटहरू कारागारका आठ वटा कोठामा राखिने छ। प्रमुख जिल्ला अधिकारी थापाले रेडियो सुचनाको स्रोत हुनुका साथै कैदीबन्दीहरूको सुधारमा मद्दत पुग्ने बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्की, रेडियो सिन्धुका कोषाध्यक्ष दिलमाया खड्का सहित रेडियोमा कार्यरत पत्रकारहरु टिका दाहाल, दिपक खत्री, अश्मी स्याङ्तान , सविता बस्नेत लगायत सहभागी थिए ।

रेडियो वितरणको समन्वय अमेरिकामा बस्दै आएका रामकृष्ण श्रेष्ठका छोरा-बुहारी समाजसेवी राम श्रेष्ठ र पार्वती श्रेष्ठले गरेका हुन्। रेडियो सिन्धुले यसअघि पनि दुर्गम स्थानका सिमान्तकृत समुदायलाई रेडियो सेट वितरण गरेको थियो।

यसै अवसरमा रेडियो सिन्धु १७ औँ वर्षमा प्रवेश गरेको छ। रेडियोले वार्षिकोत्सवका अवसरमा स्रोता, विज्ञापनदाता, पत्रकार तथा शुभेच्छुकहरूलाई शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर