काठमाडौं – नेपाली संगीत प्रेमीहरूका लागि शम्भु नेपालको शब्द तथा संगीत रहेको नयाँ गीत “मेरो माया” सार्वजनिक भएको छ। संगम थापा, कुमार चौलागाईं, कोपिला वाइबा र मन्दिरा मिश्रको सुमधुर स्वरमा सजिएको यस गीतको एरेन्जर बिष्णु तामाङ हुन् भने मिक्सिङ र मास्टरिङ कुमार सानु पुनले गरेका छन्।
गीतको रेकर्डिङ सागर पुनको निर्देशनमा शंकरा डिजिटल स्टुडियोमा गरिएको हो भने यसको बजार व्यवस्थापन मिलन फिल्म्स प्रोडक्सन ले गरेको छ।

यस गीतको भिडियोमा लोमश शर्मा र रविना पौडेल को उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने कोरियोग्राफी अमन रानाले गरेका छन्।
भिडियोको छायांकन बिशाल गोंगबाले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन रोशन धितालको रहेको छ। पोस्ट प्रोडक्सन मिलन फिल्म्स प्रोडक्सन ले गरेको छ।
“मेरो माया” गीतले श्रोता तथा दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ। नेपाली सांगीतिक क्षेत्रका गुणस्तरीय सिर्जनाहरूलाई प्रवर्द्धन गर्दै आएको यो गीतलाई डिजिटल प्लेटफर्महरूमा सुन्न र हेर्न सकिनेछ।




