स्काउट टिम मेलम्ची ले अन्तराष्ट्रिय विश्व शान्ति दिवस-२०२४ सम्पन्न गर्यो —प्रमुख आयुक्त सुनिलकुमार भण्डारी 

सिन्धुपाल्चोक -स्थानीय स्काउट कार्यलय मेलम्चीले अन्तर्राष्ट्रिय विश्व शान्ति दिवस-२०२४ सु-सम्पन्न गरेको छ । आज मेलम्ची नगरपालिकामा शान्ति तस्वीर र प्रतिज्ञा सहित १३ वटा विद्यालयका ३२ जनालाई पुग्ने गरि कपडा वितरण गरिएको स्थानीय प्रमुख आयुक्त सुनिलकुमार भण्डारीले जानकारी दिनुभयो साथै उहाँले छिट्टै तेस्रो चरणमा कक्षा-८ सन्चालनमा रहेको विद्यालयहरु पनि समेटि मेलम्ची नगरपालिकालाई स्काउटमय बनाउने कुरामा संरक्षक तथा नगरप्रमुख र परिषद अध्यक्ष तथा उपप्रमुखको पहलकदमीलाई कोशेढुङ्गा सावित गरेरै छाड्ने कुरा स्लाईड सो गर्दै व्यक्त गर्नुभयो । अघिल्लोचरणमा पोसाक वितरणका १० विद्यालयहरुको समीक्षा सहित शैक्षिक पद्दति आयुक्त लेखनाथ भट्टराई ,सामुदायिक वित्त आयुक्त मालती गिरी लगायत परिषद सदस्य रामवावु नेपाल,मणिराम चौलागाईले आफ्नो धारणा व्यक्त गर्नुभयो ।

परीक्षा र दशैँ तिहार लगत्तै स्काउट कक्षाको अवलोकन सहित अनुगमन टोलीद्वारा मूल्यांकन गरि दीक्षान्त कार्यले समेत गतिपाउने कुरामा प्रमुख आयुक्त भण्डारीले जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर