बलेफी-३ चिलाउने स्थित ठूलो छाँगामा अब “क्यानोनिङ र रक क्लाइमिङ”

सिन्धुपाल्चोक ।बलेफी गाउँपालिका वडा नम्बर ३ चिलाउने स्थित ठूलो छाँगामा “क्यानोनिङ र रक क्लाइमिङ” सुरु भएको छ ।

क्यानोनिङका लागि ३ स्तरको झरना रहेको ठुलो छाँगामा आधारभुत पुर्वाधार तयार गर्नको लागि बलेफी गाउँपालिकाले ३ लाख ५० हजार बजेट विनियोजन गरेका थिए ।

३ स्तरको झरना रहेको ठुलो छाँगामा माथिल्लो झरना (अर्थात पहिलो) करिब ९ मिटरमा आधारभुत अर्थात सिकारुहरुलाई सिक्न, बिचको करिब १२ मिटरको झरनामा सिकेर जान्नेहरुलाई र तल्लो अर्थात तेस्रो झरनामा करिब १७ मिटरकोमा एडभान्सहरुका लागि उपयुक्त रहेको छ ।

उद्घाटन संगै स्थानीय १० युवाहरुलाई २ दिने आधारभुत तालिम दिई प्रमाण पत्र समेत प्रदान गरिएको थियो। उद्घाटन कार्यक्रममा बलेफी गा.पा. अध्यक्ष गंगा बहादुर तामाङ प्रवेश, उपाध्यक्ष सरु लामा तामाङ, र्याफटिङ एण्ड क्यानोनिङ एसोसिएसनका उपाध्यक्ष रामेश्वर आचार्य, बलेफी ३,४ का वडा अध्यक्ष, स्थानिय लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

May be an image of 2 people and body of water

May be an image of 12 people and textMay be an image of 2 people, people climbing and Havasu FallsMay be an image of 4 people and people climbingMay be an image of 1 person and waterfall

प्रतिक्रिया
सम्बन्धित खवर