काठमाडौंमा हैजा देखिएपछि पानी परीक्षण गरिँदै

काठमाडौंमा दुई दिनअघि हैजा पुष्टि भएसँगै कारण पहिचान गर्न पानी परीक्षण गरिँदै छ । हैजा देखिएका काठमाडौं महानगरपालिका–१३ र टोखा नगरपालिका–२ क्षेत्रबाट पानीको नमुना संकलन गरी परीक्षण गर्न लागिएको हो ।

सोमबार संकलन गरिएको पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको र रिपोर्ट आउन दुई दिन लाग्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेले जानकारी दिए ।

गत साता ललितपुर र कैलालीमा हैजाको संक्रमण देखिएको थियो । नेपालमा यो वर्ष १३ जनामा हैजा भएको पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर