५२.९७ अंकले बढ्यो नेप्से, ७ अर्ब ६२ करोड रुपैयाँको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ ।

आइतबार सेयर बजार ५२.९७ अंक बढेर २२५७ मा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आइतबार कारोबार रकम पनि उच्च भएको छ । आज ७ अर्ब ६२ करोडको कारोबार भएको छ ।

२०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ भने ५ को स्थिर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर