काठमाडौँमा बढेको बढ्यै डेंगु संक्रमित, देशभर १५ सयभन्दा बढी

देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ । सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार ५४४ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

तीमध्ये जुलाईका ११ दिनमा १३२ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५३८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

गण्डकीमा २२३० , लुम्बिनीमा १८१, सुदूरपश्चिममा १६४, मधेशमा ३९ र कर्णाली प्रदेशमा २१ जनामा डेंगु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनामा डेंगु संक्रमण बढी पुष्टि हुने आँकलन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर