हाम्रो जन्मभूमिको ६२ औं सामाजिक कार्यक्रम जनश्रमिक आधारभूत विद्यालयमा सम्पन्न

हाम्रो जन्मभूमि सामाजिक संस्थाको उद्देश्य अनुरुप यस संस्थाले आफ्नो ६२औं सामाजिक कार्यक्रम दोलखा जिल्ला  गौरीशंकर  गाउँपालिका वडा नं ३ झ्याँकु, महतारामा रहेको श्री जनश्रमिक आधारभूत विद्यालयमा अध्ययनरत १ देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु (कपि र झोला) वितरण गरेर सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष गिता श्रेष्ठको सभापतित्व तथा गौरीशंकर गाउपालिका वडा नं ३ का वडा  सदस्य एैते बहादुर तामाङको प्रमुख आतिथ्यमा उक्त शैक्षिक सामाग्रि वितरण कार्यक्रम भएको हो ।

उक्त अबसरमा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा, केन्द्रीय सदस्य प्रमिला बस्नेत, स्थानिय समाजेवी नेत्र बस्नेत, त्यसै  विद्यालयमा अध्यापन गराईरहनु भएका शिक्षिका, शिक्षकहरु अभिभावक आदीको उल्लेख्य उपस्थिति रहेको थियो । newsabhiyan

प्रतिक्रिया
सम्बन्धित खवर