बृहत् रक्तदान कार्यक्रम गर्दै नेपाली रक्तदाता संघ युएई

काठमाडौँ- अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA ) को भगिनी सस्था नेपाली रक्तदाता संघ युएईले यहि आउदो १६ जुन, २०२४ आइतबारको दिन DHA संगको सहकार्यमा युएईको दुबई शहर स्थित Dubai Health Authority Head Quarter , Al Jaddaf मा दिउसो १२ बजे देखि ३:३० बजे सम्म बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

बिगत लामो समय देखी सामाजिक काममा अग्रसर समाजसेबी बासुदेब ढुंगाना नेपाली रक्तदाता संघ युएई को अध्यक्ष पदमा नियुक्त भएपछी “रक्तदान नै जीवनदान हो भन्ने मुल नारा साथ बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो।

२२ जना कार्यसमिती सहित गठन गरिएको उक्त संस्थामा  अध्यक्षमा बासुदेव ढुङ्गाना, उपाध्यक्ष सोनि भण्डारी , उपाध्यक्ष गोपिनी शाह, सचिव नारायण कार्की , सह-सचिब इश्वर घिमिरे, कोशाध्यक्ष सुनिता कार्की , सह-कोशाध्यक्ष पुर्णिामा घिसिङ्ग संगै सदस्यहरु तिर्थ श्रेष्ठ ,सानू शर्मा , रामचन्द्र ढकाल , अमृत अधिकारी , बल ब.पाख्रीन, ओम,श्रेष्ठ , मोहनदेव जोशी, समीर आचार्य , पन्कज गिरि , सोमा भुजेल छन  भने संरक्षकमा सुनिलराज श्रेष्ठ र सल्लाहकारमा नवीन कार्की, गोबिन्द पन्त , दिपक रावत र सुजन थापा रहेका छन।

नेपाली कला संष्कृति लाई असाध्यै माया गर्नु हुने बासुदेब ढुंगाना लोक गायक पनि हुन भने हाल राष्ट्रिय संगीतकर्मी संघ यू .ए .ई को सचिब समेत रहेका छन् ।

जगन अधिकारीको संयोजकमा हुने उक्त रक्त्तदान कार्यक्रममा युएई मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरु, समाजसेबी, बुद्दीजिबी, राजनीतिज्ञ लगायत सम्पूर्ण महानुभावहरुलाई सहभागी हुन आयोजक संस्थाले अपिल गरेको छ ।No description available.

प्रतिक्रिया
सम्बन्धित खवर