काभ्रे उद्योग बाणिज्य संघमा शुरु भयो चुनावी सरगर्मी, त्रिपक्षीय भिडन्तको हल्ला 

बनेपा/काभ्रे उद्योग बाणिज्य संघमा चुनावी सरगमी बढेको छ । आगामी जेठ १९ गते ४२ औ साधारण सभा सहित अधिबेशन गर्ने निर्णयसँगै ब्यवसायीहरु बीच नेतृत्वका चयनलाई लिएर सरगर्मी बढेको हो ।

 

बनेपा बजारमा पछिल्लो समय त्रिपक्षीय समुह बीच चुनाव हुने हल्ला फिजाईएको छ । अघिल्लो निर्वाचनमा दुई हजार भन्दा धेरै सदस्य भए पनि करिव एक हजार मत खसेको थियो । दुई समुह बनेर निर्वाचनमा होमिएको अघिल्लो कार्य समितिले करिव तीन वर्ष कार्यकाल विताएका छ । हरेक दुई दुई वर्षमा हुने निर्वाचन अधिबेशन यो वर्ष तीन वर्ष पुग्न लाग्दा हुन लागेको हो ।

 

महासंघको नेतृत्वका लागि वर्तमान कार्य समितिमा रहेका उद्योगी ब्यवसायीहरु बीच सर्वसम्वत नेतृत्व चयनको प्रयास शुरु गरिएको छ। अघिल्लो पटक निर्वाचन पछि निर्वाचित समितिलाई काम गर्ने वातावरण सहज नभएको अनुभुति गर्दै यो पटक ब्यवसायीहरुले सहमतिमा साझा नेतृत्व चयन गर्ने प्रयास गरेका छन् ।

 

यो पटक व्यवसायीको हकहितका लागि जो उभिन्छ र व्यवसायीलाई जसले सहजिकरण गर्दछ उसैलाई चुनाब जिताउन लागि पर्ने भन्दै काभ्रे उधोग बाणिज्य संघका सदस्य सुर्य श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर