काठमाडौं : यतिबेला सामाजिक संजाल खोल्ने बित्तिकै एउटा गीत खुब सुनिन्छ। उक्त गीत हो ‘‘बेली र बिन्दा’’ । जुन गीत रिलिज भएको जम्मा केहिदिन भयो। रिलिज भएको छोटो समयमै गीत यसरी चर्चामा आयो कि सबैको जिब्रोमा झुन्डिन सफल भयो।
राम स्याङतानको युट्युब च्यानलबाट रिलिज गरिएको यस् गीतलाई यो समाचार तयार पार्दा सम्म राम्रै भ्युज प्राप्त भएको छ। त्यत्तिकै राम्रो प्रतिक्रिया पनि गीतले पाएको छ। अडियोसँगै भिडियो पनि अत्याधिक मन परेको दर्शकको प्रतिक्रिया युट्युबको कमेम्ट बक्समा भेट्न सकिन्छ।गीतका हरेक लाइन स्रोता दर्शकले रुचाएका छन् ।

गीतमा गायक राम स्याङतान र पार्वती कार्कीको सुमधुर आवाज सुन्न सकिन्छ। गीतमा महेश नेपालको शब्द रहेको छ भने आर.के मिलनको एरेन्ज रहेको छ।
राम स्याङतान र पार्वती कार्कीको स्वर गीतमा निकै मिठासयुक्त सुनिएको छ। विशेषगरी परम्परागत नेपाली संगीत मन पराउने स्रोता दर्शकको बढी रोजाइमा परेको छ यो गीत।गीतमा राम्जी थापाले संगीत दिएका छन्, जसले नेपाली परम्परागत धुनलाई समेटेका छन् ।
सुन्दा गीत जति प्रेमिल अनि मेलोडियस लाग्छ, भिडियो झन आकर्षक लाग्छ। भिडियोमा लोकप्रियप्रकाश सोनी, सन्ध्या सानु, गिता के सी, मनीस मोक्तान फिचर्ड छन् ।
भिडियोमा कथा अनि निर्देशन मिलन श्रेष्ठको रहेको छ। आकर्षक फ्रेममा बिसाल गोन्गबाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् । गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ । उक्त गीतको भिडियोराम स्याङतानको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो….




