“सुनको औँठी हिराको यिँउले ” : आर्यन र आयुष्माको गजबको केमिस्ट्री (हेर्नुस् भिडियो)

पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की अभिनित लोकदोहोरी गित “सुनको औँठी हिराको यिँउले ” सार्बजनिक भएको छ।

पछिल्लो समय अभिनयमा व्यस्त रहेका कार्किले अभिनय गरेका “घाँस काटेर”, “मेलम्चिको पानी “, राम्री राम्री तरुनि,” बोलाइदेउ मलामी” ` माया धेरै होस´गितले दर्शक को मन जित्न सफल भएको छ। त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।

गायक रबिन गहतराज, शारदा रसाइली, सुजन रिजाल, प्रनिता गहतराजको स्वरमा रहेको उक्त गीतमा सुजन रिजाल र गायक रबिन कै शब्द तथा गायक रबिन गहतराजको संगीत रहेको गितलाई नारायण दङ्गालले एरेन्ज गरेका हुन भने MF स्टुडियोमा  रेकर्ड गरेका छन ।

त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ।

भिडियोमा लोकप्रिय कलाकारआर्यन कार्की, आयुष्मा कार्की, मनोज विश्वकर्मा, प्रनिता गहतराज लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।  निर्देशक मिलन श्रेष्ठको कथा र निर्देशन भिडियोमा रहेको छ भने राजाराम सिंखडाको कोरियोग्राफी रहेको छ ।

आकर्षक फ्रेममा गोपाल बि.सी र सुनिल राउतले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् भने मिडिया पार्ट्नरमा ओ के टि भि नेपाल डट कम रहेको छ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

उक्त गीतको भिडियोMilan Films Production च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो……

प्रतिक्रिया
सम्बन्धित खवर