समाजसेवि आशिशको कथा

आशिश डांगि समाज र संगीतलाई डोहोराउने क्रममा उनको जीवनामा धेरै उतार चडापहरु छन । कारण नखुलाए पनि उनी आफ्नो बाल्यकाल सजिलो तरिकाले नबितेको बताउँछन् ।  दुःखमा परेकाले सहयोग गर्न उनी तत्पर रहन्थे । आफ्नो व्यक्तिगत फाइदालाई प्राथमिकता नदिएकामा उनलाई समयसमयमा विभिन्न संघसंस्थाहरूको सहयोग पनि प्राप्त भइरह्यो । यस क्रममा ठाउँठाउँमा उनले संगीतलाई पनि माध्यम बनाए । सोहि क्रममा फ्यूजन नेपाल संस्थासँग उनी जोडिन आइपुगे । बालबालिकाको क्षमता विकासका लागि उनले यसै संस्थामार्फत पहलकदमी थाले । सडक बालबालिकाहरूको व्यक्तिगत जीवन स्तर उकास्न, सामाजिक प्रतिष्ठा फिर्ता दिलाउन यसले संस्थामार्फत उनले पनि हात अघि सारे ।

हन्ड्रेडस् ग्रुप्स संस्थाले ‘कपडा बैङ्क’ सुरु गरेको थियो र त्यसका संस्थापक बब्लु गुप्तासँग भेट भएपश्चात् डाँगी पनि ‘कपडा बैङ्क’मा आबद्ध भए । अनामनगर, वानेश्वर लगायत क्षेत्रमा देखिएका कपडा बैङ्कहरू विभिन्न ठाउँमा संचालन गरे ।कोरोना प्रकोपसँगै लागेको लकडाउनका कारण श्रमिक एवम् मजदुर वर्गमाथि समस्या आइपरेको उनले देखिरहेका थिए । मिडिया र सरोकारवालाहरूले यसप्रति चासो व्यक्त गरेको नपाएपश्चात् उनी विभिन्न ठाउँबाट खाना व्यवस्था गरि खाना खुवाउथे । त्यसपति ‘हाम्रो टिम नेपाल’ नामक संस्थामार्फत लकडाउनको कारण खान–बस्न असुविधा भइरहेको आममानिसहरूको हकहितको लागि काम गर्न थाले । उनीहरूले यस क्रममा खाना खुवाउने कार्यक्रमहरू विभिन्न ठाउँमा गरे ।

देशमा चुनावको माहोल थियो र बालेनको चुनाव प्रचारप्रसारमा संलग्न डाँगीले समयक्रममा हरिशरण लामिछाने, सुमन सायमी, डा. निकोलस भुषाल आदि व्यक्तित्वसँगको राजनीतिक सत्संगको अवसर प्राप्त गरे ।
समय परिवर्तनशिल छ र यसै क्रममा आशिश पनि चलिरहे र समाजलाई पनि आत्मसाथ गर्दै अघि बढिरहे , समाज, देश र संगीतमा उनको लगाप अझैपनि छ डांगि बताउदछन ।

प्रतिक्रिया
सम्बन्धित खवर