गायक महेश नेपाल को निर्देशन मा “बादल माथि जुन ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – लामो समय देखि गीत संगीत मा थुप्रै अनुभव बटुलेका गायक तथा सर्जक महेश नेपाल धेरै गीत संगीत मा शब्द तथा संगीत भरि संञ्चार क्षेत्रमा पनि उतिकै सकृय देखिन्थे । तिन दर्जन भन्दा बढि गीत गाएका नेपाल ले पछिल्लो समयमा म्युजिक भिडियो निर्देशक गरेका छन् ।

 

संञ्चार क्षेत्रको लामो अनुभव संगै गीत संगीत मा लागेका महेश नेपाल अहिले म्युजिक भिडियो निर्देशन तिर निकै सक्रिय देखिन थालेका छन् । यसै क्रममा भर्खरै मात्र आफ्नै म्युजिक भिडियो निर्देशक मा “बादल माथि जुन” गीत बजार मा सार्वजनिक गरेका छन् । उक्त गीत अमृत आचार्य (माइला गुरु) को प्रस्तुति मा रहेको छ । महेश नेपाल को मन छुने शब्द सृजना र अमृत आचार्य (मोइला गुरु) को मन लोभ्याउने संगीत मा सजिएको सोहि गीत मदन सुफिक्स को म्युजिक एरेन्ज गरेका हुन् । मइला गुरु र सविता मगर को सुमधुर आवाज सजिएको उक्त गीतले अहिले बजार तताइरहेको देखिन्छ।

 

“बादल माथि जुन” म्युजिक भिडियो भर्खरै मात्र बजारमा आएको हो छोटो समयमा यस गीतले धेरै दर्शक बटुलेको देख्न सकिन्छ। मरुभूमि नारायण को छायांकन तथा रोशन धिताल को सम्पादन रहेको म्युजिक भिडियो मा अमृत आचार्य (माइला गुरु),राज कुमार खनाल, बिनिता दाहाल र मौसमि राना को सम्युक्त रुपको धमकेदार अभिनय देख्न सकिन्छ। अमृत आचार्य को आफ्नो अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको भिडियो ले अघिल्लो गीत संगीत जस्तै सफलता मिलोस् हाम्रो शुभकामना।

 

प्रतिक्रिया
सम्बन्धित खवर