आगामी दसैँ बिदा कात्तिक ४ देखि ९ गतेसम्म,तिहारमा २६ देखि ३० गते सम्म बिदा

काठमाडौँ । आगामी २०८० सालको दसैँ बिदा  ६ दिन हुने भएको छ । यस्तै तिहार बिदा ५ दिन हुने छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक बिदाको सूचीअनुसार दसैँ बिदा आगामी कात्तिक ४ गते शनिबारदेखि कात्तिक ९ गते बिहीबारसम्म हुनेछ ।

अर्थात फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा हुने गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ । यस्तै तिहारको बिदा लक्ष्मी पूजाको दिन अर्थात कात्तिक २६ देखि कात्तिक ३० गते बिहीबारसम्म हुनेछ । अर्थात भाइटिकाको भोलिपल्टसम्म बिदा हुने राजपत्रमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खवर