उपराष्ट्रपति पुन सरे निजी निवासमा

काठमाडौं । उपराष्ट्रपति नदबहादुर पुन बिहीबार काठमाडौंको दहचोकस्थित निजी निवासमा सरेका छन् ।

उनको निजी निवास चन्द्रागिरी नगरपालिका–१ दहचोकमा छ। नेपालको संविधान बमोजिम शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। नयाँ उपराष्ट्रपति आउनुअघि नै पुनले निवास खाली गरेका हुन्।

उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि बिहीबार नै पुन निजी निवासमा सरेका बताइएको छ।

नयाँ उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय जाने छन्।

प्रतिक्रिया
सम्बन्धित खवर