आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ तय गरेको छ ।चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँ बढेको छ ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको चाँदी आज ३२१५ रुपैयाँ पुगेको छ ।














