नेपाली बजारमा सुन–चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला २२५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँमा झरेको हो।
गत वर्ष आजकै दिन चाँदीको मूल्य प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम रहेको थियो।













